काठमाडौं - काठमाडौं उपत्यका लगायतका देशका बिभिन्न स्थानमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि निषेधाज्ञा लागू गरिएको छ । देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू भएसँगै कुखुराको मूल्यमा ह्वात्तै घटेको छ ।
अहिले किसानहरूका खोरमै रहेका कुखुरा विक्री नहुँदा र नयाँ उत्पादित चल्लाको माग घटेको बताइएको छ । काठमाडौं उपत्यका लगायत देशका अन्य ठूला शहरमा पसल खोल्ने समय निश्चित भएकाले मासुको विक्रीसँगै मूल्यमा पनि ह्वात्तै गिरावट भएको छ ।
बजारमा कुखुराको मासु घटेर किलोको २ सय ४० रुपैयाँ पुगेको छ । निषेधाज्ञा लागू हुनुअघि कुखुराको मासु किलोको ३ सय ९० रुपैयाँ देखी ४ सय रुपैया सम्ममा किनबेच भइरहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।