जापानका प्रधानमन्त्री सिन्जो आबेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। शुक्रबार स्वास्थ्य अवस्था बिग्रँदै गरेका ६५ वर्षका प्रधानमन्त्री आबेले सरकारको काम कारवाहीमा अवरोध गर्न नचाहेको बताउँदै राजीनामा दिएका हुन् ।
हालै मात्र आबे दुईपटक अस्पताल भर्ना भएका थिए। उनलाई जीर्ण रोग अल्सरेटिभ कोलाइटिस लागेको जनाइएको छ। उनको रोग पेट, आन्द्रा र पाचन प्रणालीसँग सम्बन्धित छ।
जापानी कानुनअनुसार अब कार्यवाहक प्रधानमन्त्री नियुक्त हुन्छन्। तर कार्यवाहक प्रधानमन्त्री कहिलेसम्म पदमा रहने भन्ने सीमा तोकिएको छैन।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री टारो आसो मर्यादाक्रममा प्रधानमन्त्रीपछि दोस्रो स्थानमा र त्यसपछि मन्त्रिपरिषद्का मुख्यसचिव योशिहिदे सुगा थिए।
कार्यवाहक प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गर्न सक्दैनन्। तर दलले नयाँ नेता र प्रधानमन्त्री नछानेसम्म अन्य काम गर्न सक्छन्।
अब के हुन्छ ?
प्रधानमन्त्रीले राजीनामाले तत्काल लागु हुनेगरी राजीनामा दिएका हुन् कि आफ्नो उत्तराधिकारीको चयन हुन्जेल उनी पदमै बस्छन् भन्ने स्पष्ट भइसकेको छैन।
आबेले राजीनामको घोषणापछि अब सत्तारूढ दलले आफ्नो नयाँ अध्यक्ष चुन्न मतदात गराउनुपर्छ। त्यसपछि संसद्मा नयाँ प्रधानमन्त्रीको निर्वाचन हुनेछ। त्यसरी छानिएका नेता आगामी वर्ष सेप्टेम्बरसम्मका लागि आबेका स्थानमा प्रधानमन्त्री बन्नेछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।