काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसमेत हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार एक सय १७ पुगेको छ ।
त्यस्तै काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घन्टामा १२ हजार पाँच सय १९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको हो ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज एक सय ३६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको बताए । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार तीन सय ५० पुगेको छ ।
निको हुने दर ५९ प्रतिशत रहेको गौतमले जानकारी दिए । अहिले सक्रिय संक्रमित १२ हजार ६ सय २१ जना छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।