भारतले टिकटक सहितका ५९ एपमाथि प्रतिबन्ध लगाएको थियो । भारतमा ठूलो बजार रहेको टिकटक बन्द भएपछि अमेरिकी इन्टरनेट बजारलाई ठूलो धक्का लागेको छ ।
यद्यपी भारतमा प्रतिवन्धित एप टिकटकको भारतीय बजार अब भारतका धनाड्य र रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानीले सम्महाल्न सक्ने कुरा बाहिरीएको छ ।
भारतीय संचार माध्यम विजनेस टुडेका अनुसार रिलायन्स ईण्ड्स्ट्रिजले टिकटककको मूल कम्पनी बाइटडान्ससँग भारतीय कारोबारका लागि शेयर किन्ने विचार गरिरहेको छ। र हाल प्रारम्भिक चरणको वार्ता भइरहेको छ।
टिकटकका सीईओ केभिन मेयरले रिलायन्सका शीर्ष अधिकारीहरूसँग भेट गरेका छन् र बैठकमा टिकटकको भारतीय व्यवसायको बारेमा छलफल भएको छ।
अमेरिकाले पनि या त टिकटको अमेरिकी बजार अमेरिकी कम्पनीलाई बेच्ने या नत्र प्रतिबन्ध लगाइदिने चेतावनी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।