बलिउड अभिनेता सन्जय दत्तलाई फोक्सोको क्यान्सर पुष्टि भएको छ। उनलाई तेस्रो चरणमाको फोक्सोको क्यान्सर देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
श्वास फेर्न गाह्रो भए पछि मंगलबार उनी अस्पताल भर्ना भएका थिए । एन्टीबडी टेष्टमा उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । पछि उनमा फोक्सोको क्यान्सर पुष्टि भएको हो ।
अहिले उपचारका लागि उनी अमेरिका गएका छन् सन्जयले हिजो मंगलबार दिउँसो ट्विट गर्दै आफूले केही समयका लागि कामबाट ब्रेक लिन लागेको जानकारी दिएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।