आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

माधव थापाको लय शब्दमा ८० जना भन्दा बढी कलाकारको स्वरमा 'तिन पुस्ते' रेकडिंग सम्पन्न

माधव थापाको लय शब्दमा ८० जना भन्दा बढी कलाकारको स्वरमा 'तिन पुस्ते' रेकडिंग सम्पन्न

  • मिडिया डबली डेक्स
  • मंगलवार, श्रावण २७ २०७७

  • 6.5K
    SHARES

  • माधव थापाको लय शब्दमा ८० जना भन्दा बढी कलाकारको स्वरमा 'तिन पुस्ते'  रेकडिंग सम्पन्न

    काठमाडौँ - लोक तथा दोहोरी गीत संगीतको क्षेत्रलाई मात्र ब्यवसाहिकताको रुपमा लिईरहँदा पछिल्लो समय आफ्नै कला संस्कृति र मौलिकता को जगेनार्थ करिब दुई घण्टाको गीत सार्बजनिक हुने तयारी भैरहेको छ ।

    लगभग एक वर्ष लगाएर तयार भएको गीतको आज मात्रै औपचारिक रुपमा रेकडिंग कार्य सम्पन्न भएको छ । गीतलाई केहि दिनमा नै सुनाखरी मल्टी मिडिया फाउन्डेसन प्रालिले सार्बजनिक गर्ने जानकारी प्राप्त छ ।

    गीतलाई हेमन्त शिशिरको संगीत संयोजन तथा माधव थापाको लय शब्द र परिकल्पनामा तयार पारिएको हो । नदेख्नेलाई देखाउने, बिर्सिएकालाई सम्झाउने र मौलिकताको संरक्षणका निमित्त तयार पारिएको गीतमा करिब ८० जना भन्दा बढी कलाकारहरुको स्वर सुन्न सकिन्छ ।

    गीतमा कुमार बस्नेत, नवराज घोरासैनी देखि लिएर पछिल्लो समय सबैको मनको सांगीतिक ढुकढुकी बनिरहेकी बाल गायिका आयुष गौतम लगाएतको स्वर सुन्न सकिन्छ । त्यसैले पनि यस गीतलाई निर्माण युनिटले 'तिन पुस्ते' नामकरण गरेको छ ।

    तिनै पुस्ताका कलाकारहरुको संलग्नता यस गीतमा भएको कारण पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त महत्वपुर्ण भूमिका हुने विश्वास गर्न सकिन्छ । किन कि कुनै पनि क्षेत्रमा भएको एकताबद्धले उक्त क्षेत्रलाई उदारणीय साबित गर्नका लागि सहज हुने गर्दछ ।

    सुनाखरी मल्टी मिडिया फाउन्डेसन तथा कलाकार माधब थापा माफत प्राप्त भएको जानकारी अनुसार यस गीतको म्युजिक भिडियो अबको केहि दिनमा नै निर्माण हुने छ ।

    भिडियोमा गायक स्वयम्ले अभिनय गर्ने छन् । माथि उल्लेखित गीतको आजबाट नै अडियो मिक्सिंग सुरु गरिने शिशिर डिजिटल प्रालिका संचालक हेमन्त शिशिरले जानकारी गराएका छन् ।

    मिक्सिंग अवधि कति हुने भन्ने बारे भने उनले यो इतिहांसीक काम पहिलो पटक गरेको हुनाले अन्यौल रहेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २० २०७७११:३४:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend