बुबोनिक प्लेगबाट स्थानीयको मृत्यु हुन थालेपछि चिनियाँ अधिकारीहरुले गाउँ नै सिल गरेका छन् ।
मृत्यु भएका व्यक्तिलाई बिहीबार बुबोनिक प्लेग हो भन्ने कुरा पत्ता लागेपछि देशको भित्री मंगोलिया क्षेत्रमा पर्ने गाउँलाई सिल गरिएको छ ।
बउचोउ नगर स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्ति अनुसार ती व्यक्तिको मृत्यु बउचोउ सहरमा भएको हो । उक्त विज्ञप्तिका अनुसार ती व्यक्तिलाई रक्त सञ्चार प्रणालीमा गडबडीका कारण मृत्यु भएको बताएको थियो ।
तर, पछि उनलाई बुबोनिक प्लेग भएको खुलेको हो । उनलाई कसरी बुबोनिक प्लेग भयो भन्ने विषयमा केही खुलाइएको छैन ।
चीन सरकारले कोरोना महामारी नियन्त्रण गर्न नसक्दा विश्वभर फैलिएको भन्ने आलोचना भइरहेका बेला अहिले तत्काल नै सिल गर्ने अभियान सुरु गरेको हो । स्थानीय सबैको जाँच गर्दा रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ ।
प्रशासनले हाल ३५ जनालाई निगरानीमा राखेको छ भने बुबोनिक संक्रमण भएको एकजनालाई क्वारेन्टाइनमा राखेको छ । त्यसैगरी नजिकैको दामाओ ब्यानर जिल्लामा रहेका गाउँहरुलाई लेभल-३ अलर्टमा राखिएको छ ।
जुलाईको सुरुआतमा बुबोनिक प्लेगकव दोस्रो केस फेला परेको थियो । यद्यपि पहिलो प्लेगको संक्रमित बाँच्नसक्ने सम्भावना बढेको छ ।
विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार हरेक वर्ष एकदेखि दुई हजार मानिसहरुक प्लेगबाट मृत्यु हुनेका छन् । पछिल्लो समय चीनमा फेला परेको बुबोनिक प्लेगका विषयमा विश्व स्वास्थ्य संगठनले ध्यानाकर्षण भएको जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।