शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
आजको विशेष

रञ्जन कोइरालाको सनसनीपूर्ण खुलासाले देशभर तरंगित

रञ्जन कोइरालाको सनसनीपूर्ण खुलासाले देशभर तरंगित

  • मिडिया डबली
  • बिहिवार, श्रावण १५ २०७७

  • 11.3K
    SHARES

  • रञ्जन कोइरालाको सनसनीपूर्ण खुलासाले देशभर तरंगित

    काठमाडौं - सशस्त्र प्रहरी बल नेपालका पूर्वडीआईजी रञ्जन कोइरालाले आफ्नी पत्नी गीता ढकालको हत्या आफूले नगरेको दाबी गरेका छन् ।

    ‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा कोइरालाले पत्नीको हत्या नै नगरेको बताए । पत्नी हत्योको अभियोग आफूले शुरुदेखि नै अस्वीकार गरेको बताएका छन् ।

    उनले आफूलाई गीता ढकालका बुबा हरेराम ढकालले फसाएको बताए । उनले भने, ‘मलाई ठूलो डिजाइन गरेर फसाइएको छ ।

    समय आएपछि यी सबै कुराको सत्य कुरा बाहिर आउँछ ।’ शक्तिशाली समूहले आफूलाई फसाएको पूर्वडीआईजी कोइरालाले आरोप लगाएका छन् । उनले आफ्नी प्रेमिका तारा रेग्मी हत्यामा संलग्न नै नरहेको बताएका छन् ।

    ‘प्रेमसम्बन्ध वा सम्बन्ध विच्छेदका लागि पत्नीको हत्या आवश्यक छैन’, कोइरालाले भने, ‘मलाई लगाइएको आरोप दमदार छैन ।’ मकवानपुरको टिस्टुङमा पत्नीलाई पेट्रोल छर्किएर प्रमाण नष्ट गर्न खोजेको आरोप पनि अस्वीकार गरेका छन् ।

    उनले टिस्टुङ गएको स्वीकार गरेका कोइरालाले भने, ‘म एक्लै गएको थिएन । पत्नी हराएकी थिइन् ।’ कोइराला पत्नी हत्यामा साढे ८ वर्ष जेल बसेर हालै छुटेका छन् ।

    सर्वोच्च अदालतका प्रधानन्यायाशीस चोलेन्द्रशम्शेर राणाको संयुक्त बेञ्चले कोइरालाको आजीवन काराबासको सजायलाई घटाएको थियो । कोइरालाको सजाय घटाएको विरोधमा सडक प्रदर्शनहरू समेत भएका छन् ।

    कोइरालाको सजाय घटाएको विषयमा सर्वोच्च अदालतमा पुनरावलोकन भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र ३१ २०७९११:५३:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend