शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

रञ्जन कोइराला प्रकरणमा आज के होला? फेरी जालान जेल? 

रञ्जन कोइराला प्रकरणमा आज के होला? फेरी जालान जेल? 

  • मिडिया डबली
  • आइतवार, श्रावण ११ २०७७

  • 7.7K
    SHARES

  • रञ्जन कोइराला प्रकरणमा आज के होला? फेरी जालान जेल? 

    काठमाडौं– सशस्त्र प्रहरीका तत्कालीन डिआईजी रञ्जन कोइरालाले श्रीमतीको हत्या गरेको मुद्दामा असार १५ गतेको फैसला आलोचित बनेपछि  सर्वोच्च अदालत आफै पुनरावलोकन प्रक्रियामार्फत त्यसलाई सच्याउन तयार भएको छ ।

    न्याय प्रशासन ऐनमा सर्वोच्चको फैसला पुनरावलोकन हुनसक्ने कानुनी व्यवस्था छ । तर त्यस्तो पुनरावलोकन दुईवटा अवस्थामा मात्र हुन्छ ।

    एउटा: नयाँ प्रमाण फेला परेमा र दोस्रो: एउटै प्रकृतिको मुद्दामा यसअघि सर्वोच्चको ब्याख्या वा प्रतिपादित सिद्धान्त प्रतिकूल भएमा ।

    पहिलेको मुलुकी ऐनको दफा १८८ मा अदालती बन्दोबस्तको व्यवस्थाबमोजिम जन्मकैद सम्बन्धमा गरिएको फैसलामा के,कस्तो आधार र परिस्थितिमा फैसला पुनरावलोकन र सजायँ कम हुन सक्ने स्पष्ट उल्लेख छ ।

    यस अघि सोही दफामा टेकेर गरिएको तीन चारवटा फैसलाभन्दा कोइरालाबिरुद्धको मुद्दामा गरिएको पुनरावलोकन पूरै प्रतिकूल देखिएको सरकारी जिकिर छ ।

    पुनरावलोकन यसअघिको फैसलाको प्रतिकूल भएको भन्दै सर्वोच्चमा सरकारको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले निवेदन हालेको छ ।

    उक्त निवेदनमाथि आज सुनुवाई हुनेछ । पहिलो बहसमा निवेदनकर्ताको जिकीर, यसअघिको फैसला र निवेदकले औंल्याएका पहिलेका नजिरको अध्ययनपछि थप सुनुवाईमा जाने वा नजाने निस्सा हुन्छ ।

    यदि निस्सामा नहुने भनियो भने त्यसमाथि सुनुवाई नै हुँदैन । तर,नेपाल सरकारले गरेको निवेदनउपर सम्बन्धित इजलासका न्यायाधीशहरू लाई पुनरावलोकन गर्न उपयुक्त लागेमा निस्सा दिइन्छ र सुनुवाईको प्रक्रिया अघि बढ्छ । उक्त प्रक्रियामा निवेदककर्ता नेपाल सरकारको तर्फबाट महान्यायाधिवक्ताको कार्यालय र मुद्दाका दोषी ठहरिएको पक्ष अर्थात रञ्जन कोइराला पक्षलाई अदालतमा झिकाएर,दुबै पक्षको बहस सुनेपछि मात्र सर्वोच्चले निर्णय गर्नेछ ।

    त्यसरी निर्णय गर्ने इजलासको तीनजना न्यायाधीशमा निस्सा दिने तीनजना र यसअघिको फैसलामा सहभागी न्यायाधीशको सहभागिता हुने छैन । यसअघि पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्यलक्ष्मीबिरुद्धको मुद्दामा तत्कालीन न्यायाधीश रामकुमार साह र तेजबहादुर केसीको इजलासले प्रेरणाले उपभोग गर्दै आएको छाउनीको घरजग्गा नेपाल ट्रष्ट मातहत ल्याउने निर्णय बदर गरिदिएको थियो । त्यसउपर पनि नेपाल सरकार र ट्रष्ट कार्यालयले पुनरावलोकनको निवेदन दिएका थिए ।

    उक्त निवेदनमाथि सर्वोच्चबाट निस्सा भयो र पछि तीनजना न्यायाधीशको इजलासले त्यसअघिको फैसलालाई बदर गरेपछि उक्त जग्गा नेपाल सरकारको नाममा आएको थियो । सर्वोच्चले त्यसअघि लोकमान सिंह कार्कीको मुद्दामाथिको फैसला पनि त्यसैगरी उल्टाएको हो ।

    उक्त मुद्दामा नेपाल सरकारले पुनरावलोकनको निवेदन हालेको थिएन । कानुन व्यवसायी ओमप्रकाश अर्यालले सर्वोच्चमा पुनरावलोकनको निवेदन पेश गरेपछि अदालतले निस्सा दियो र कार्कीको पक्षमा भएको त्यसअघिको फैसला उल्टियो । यसरी गर्ने पुनरावलोकनको समयसीमा चाँहि तोकिएको छैन ।

    सामान्यतयाः निस्सा नहुने निर्णय भयो भने शुरुआती चरणमै मुद्दा टुङ्गिन्छ । तर, निस्सा हुने निर्णय भएमा त्यसले केही समय लिन सक्छ ।

    हालसम्मको प्राक्टिसलाई हेर्दा कोइरालाबिरुद्धको ज्यान मुद्दामा सर्वोच्चले आफैँले गरेको सजायँ घटाउने फैसलाबिरुद्धको निवेदन र सोमाथिको बहसले धेरै समय नलिन पनि सक्छ ।

    पुनरावलोकन मुद्दाको अन्य पक्षमा नभई सर्वोच्चले अभियुक्त रञ्जन कोइरालालाई धरौटीमा छुट्न दिएको आदेशबिरुद्ध मात्र रहेकोले पनि छिटो टुङ्गिने बिश्वास लिइएको हो । जनआस्था साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र ३१ २०७९११:५३:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend