आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

'धेरै गाह्रो भयो होला' भन्दै सन्दीपले दिए त्रिवि क्रिकेट मैदानका कर्मचारीलाई एक लाख

'धेरै गाह्रो भयो होला' भन्दै सन्दीपले दिए त्रिवि क्रिकेट मैदानका कर्मचारीलाई एक लाख

  • मिडिया डबली
  • बुधवार, श्रावण १४ २०७७

  • 5.3K
    SHARES

  • 'धेरै गाह्रो भयो होला' भन्दै सन्दीपले दिए त्रिवि क्रिकेट मैदानका कर्मचारीलाई एक लाख

    काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई १ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जानु अघि बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । सन्दीप भोलि वेष्ट इण्डिज प्रस्थान गर्दैछन्।

    पत्रकार सम्मेलनमा उनले भने, ‘कोरोनाले प्रभावित भएको बेला उहाँहरुलाई धेरै कठिन भयो होला, हामी आउँदा सधैँ पिच र मैदान तयार पार्नुहुन्छ। मैले आफ्नो तर्फबाट सक्ने सहयोग गर्न चाहन्छु। त्रिवि क्रिकेट मैदानमा हाल १५ जना कर्मचारी छन्। 

    सीपीएल खेल्न जानका लागि कोरोना परीक्षण गराएका सन्दीपको रिपोर्ट नेगेटिभ आएको छ। सीपीएलमा सन्दीपलाई जमैका तलावाजले एक करोड भन्दा बढी रकममा अनुबन्ध गरेको छ। सन्दीप भोलि बिहीबार १० बजे कोरियन एयरलायन्सको चार्टर्ड उडानबाट अमेरिका हुँदै शनिबार वेस्टइन्डिज पुग्नेछन्। सन्दीप १४ दिन क्वारेन्टीन बस्ने छन्। सीपीएल भदौ २ देखि २५ सम्म ट्रीनिडाड एन्ड टोबेगोमा हुँदैछ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १४ २०७७०९:४०:४१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend