बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

काेराेना माहामारीपछि बल्ल खुले सिनेमा घर

काेराेना माहामारीपछि बल्ल खुले सिनेमा घर

  • मिडिया डबली
  • सोमवार, श्रावण ५ २०७७

  • 6.3K
    SHARES

  • काेराेना माहामारीपछि बल्ल खुले सिनेमा घर

     ६ महिनादेखि बन्द रहेका चीनका सिनेमाघरहरु खुल्न सुरू भएका छन् । कोरोना भाइरसको माहामारीका कारण बन्द भएका सिनेमाघरहरू खुल्न लागेका हुन् ।

     सोमबार शंघाईदेखि चांगडू शहरका थुप्रै थिएटरहरू फेरि खोलिएका छन्।चीन विश्वको दोस्रो ठूलो सिनेमा बजार हो । कोभिड १९ को महामारीको कारण यस क्षेत्रमा धेरै हानी पुगेको छ। चिनियाँ प्रशासनले गत साता प्रष्ट पारेको थियो ‘अहिले संक्रमित जोखिम कम भएका क्षेत्रहरुमा सिनेमा हल खुल्ने बारेमा छिट्टै निर्णय लिने छ। 

    बेइजिङ शहरमा सिनेमाघरहरु अझै खोलिएको छैन। जुनको अन्त्यमा बेइजिङमा केही नयाँ घटनाहरू रिपोर्ट गरिएको थियो जसको कारण त्यहाँ सिनेमाघरहरु नखोलिएको हो । चीनको सबैभन्दा ठूलो सिनेमाटोग्राफी कम्पनी वान्डा फिल्मले समाचार एजेन्सी रोयटर्सलाई भनेको छ, उनीहरूले हाल ६ सय सिनेमाघरहरु मध्ये ४३ मात्र खुलेका छन्। यी मध्ये १० सिनेमाघर शंघाईमा छन् ।

    चीनको राष्ट्रिय फिल्म प्रशासनले २०१९ को तुलनामा चलचित्र टिकटको बिक्रीबाट हुने कमाईमा करिब ३० बिलियन चिनियाँ युआन गुमाउने अनुमान गरेको छ।एजेन्सी।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण ५ २०७७०८:५८:३५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend