काठमाडौँ- कोरोना संक्रमण भएपछि भारतका चर्चित सिने कलाकार अमिताभ बच्चन र उनका छोरा अभिशेष बच्चन शनिबार राति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना भएका छन् ।
महराष्ट्र सरकार र अस्पतालका अनुसार अहिले दुवै जनाको अवस्था स्थिर छ । महानायकका रूपमा परिचित ७७ वर्षीय अमिताभ बच्चनले शनिबार राति ट्विट गरेर आफूलाई कारोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।
त्यसको केही मिनेटपछि उनका छोरा अभिनेता अभिषेक बच्चनले पनि ट्विट गर्दै आफू पनि कोरोना संक्रमित भएको जानकारी दिएका थिए । साथै दुवैले आफ्ना प्रशंसकलाई शान्त हुन आग्रह पनि गरेका छन् ।
आइतबार नानावती अस्पताल र महराष्ट्र सरकारका अधिकारीले दुवैको स्वास्थ्य अवस्था स्थिर भएको जानकारी दिएको बिबिसी हिन्दीले जनाएको छ । मुम्बई नगर कार्यालयले अमिताभ बच्चनको घर आसपास व्यापक रूपमा स्यानिटाइजिङ सुरु गरेको छ । अमिताभ बच्चन कोरोनाका विषयमा सर्वसाधारणलाई सचेत गराउन सक्रिय छन् ।
७७ वर्षीय अभिनेता अमिताभ बच्चन र उनका छोरा अस्पताल भर्ना भएपछि बलिउप्रेमी देखि भारतीय प्रधानमन्त्री मोदीले समेत उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।