काठमाडौँ - राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कार्यवाहक सदस्य सचिवमा भक्तबहादुर ढकाललाई नियुक्त गरिएको छ । मन्त्रालयको खेलकूद विभाग महाशाखाका प्रमुख रहेका ढकाललाई युवा तथा खेलकूद मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णयानुसार कार्यवाहकको जिम्मेवारी दिएको हो । आइतबारको सदस्य–सचिवको जिम्मेवारी दिइएको हो ।
राष्ट्रिय खेलकूद विकास ऐन, २०७७ को दफा १७ को उपदफा ९१२० बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि राखेपको सदस्य–सचिवले गर्ने कार्य गर्ने गरी ढकाललाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । नयाँ खेलकूद विकास ऐन बिहीबारदेखि लागू भएको थियो ।
खेलकूद विकास ऐन, २०४८ निष्कृय भएसँगै राखेपमा सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनालगायत बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो । नयाँ ऐनमा सदस्य–सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने व्यवस्था गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।