बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

काङ्ग्रेस नेता महर्जनको उद्घोष : गोदावरीमा कोरोना संक्रमितलाई समस्या परे मलाई फाेन गर्नुस

काङ्ग्रेस नेता महर्जनको उद्घोष : गोदावरीमा कोरोना संक्रमितलाई समस्या परे मलाई फाेन गर्नुस

  • मिडिया डबली डेक्स
  • बिहिवार, आषाढ १८ २०७७

  • 13.0K
    SHARES

  • काङ्ग्रेस नेता महर्जनको उद्घोष : गोदावरीमा कोरोना संक्रमितलाई समस्या परे मलाई फाेन गर्नुस

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले कोरोना संक्रमितका लागि उल्लेख्य सहयोग गरिरहेका छन् । संक्रमितले क्वारेन्टिनमा या आइसोलेसनमा थुप्रै समस्या भोगिरहेको अवस्थालाई उनले मध्यनजर गरेका हुन् ।

    नेता महर्जनले ललितपूरको गोदावरी नगरपालिकाका ६६ बर्षिय कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको परिक्षण गर्न उनले सहयोग गर्ने भएका छन्।

    गोदावरी–११ चापागाउँ निवासी ६६ बर्षका ब्यक्तिलाई कोरोना पुष्टि भएको थियो । त्यसपछि नेता महर्जनले संक्रमितको सम्पर्कमा आएकाहरुलाई तत्कालै पिसिआर परिक्षण गराउन आग्रह गरेका छन् । 

    यति मात्रै नभएर उनले परीक्षणका लागि समस्या भए आफुलाई फोन गर्नसमेत अ ाग्रह गरेका छन् । उनले सहयोग चाहिए ९८५१०२५७७७ मा सम्पर्क गर्न भन्दै आफ्नो नम्बर दिएका छन् ।

    यस बोहकपनि नेता महर्जनले कोरोना भाइरसको माहामारीका बेला संकटमा परेकाहरुलाई निकै सहयोग गरिरहेका छन् । उनले ललितपुरको महालक्ष्मी मन्दिर र बटुक भैरब मन्दिरमा मागेर खानेहरुरूलाई खाना खुवाइरहेका छन् ।

    मागेर खानेहरु अहिले भोकमारीमा हुँदा नेता महर्जनले दैनिक रुपमा बिहान र बेलुकी १५० देखि २०० जनाको समूहलाई ५० दिनसम्म खाना खुवाइसकेका छन्।

    त्यस्तै उनले दैनिक ज्यालादारी गर्ने मजदुरहरू समेत समस्या परे आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् । उनले गरीब विपन्नहरुलाई पनि घरमै गएर सहयोग गरिरहेका छन् ।

    कम्युनिस्ट सरकार राजनीतिमा तहल्का मच्चाइरहेका बेला काँग्रेसका नेतादेखि कार्यकर्ताहरु माहामरीको संकटमा जनताको सेवामा लागेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७११:३०:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend