एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना एट्लेटिकोसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
खेलको १२ औं मिनेटमा बार्सिलोनाले आत्मघाती गोलबाट अग्रता लिएको थियो । कप्तान लियोनल मेस्सीले गरेको कर्नर प्रहार एट्लेटिकोका डिएगो कोस्टाले बचाउँँन खोज्दा गोल भएको थियो ।
१७ औं मिनेटमा एट्लेटिकोले पेनाल्टीमार्त गोल गर्दै खेल बराबरीमा ल्याएको थियो ।
आर्टुरो भिडालले एट्लेटिकोका यानिक करास्कोलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
खेलको ५० औं पेनाल्टी अवसरमा बार्सिलोना पुनः २-१ को अग्रतामा गएको थियो तर, ६२ औं मिनेटमा एट्लेटिकोले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा कम रोकेको हो ।
बराबरीसँगै बार्सिलोना शीर्ष स्थानको रियल मड्रिडभन्दा एक अंकले पछि परेको छ । बार्सिलोनाले ३३ खेलबाट ७० अंक जोड्दै दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको रियलको ७१ अंक छ । एट्लेटिकोको भने ३३ खेलबाट ५९ अंकसहित तेस्रो स्थानमा यथावत छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।