काठमाडौं - बाराबाट सिन्धुली हुँदै काभ्रे छिरेको सलहको समूह काठमाडौं आइपुगेको छ । झण्डै ५ लाख सलहको समुह अहिले स्वयम्भूमाथिबाट नागार्जुनको जङ्गलतिर बास बस्न गएको अनुमान गरिएको छ ।
शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह कीरा आज साँझ काठमाडौँ पुगेको हो । सलहको ठूलो हुल काठमाडौँका विभिन्न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो।
सलहको यो हुल रातभर बास बसेर पश्चिमतिर जाने अनुमान गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय एवं कृषिविद्ले जनाएको छ ।
सलह कीरा फट्याङ्ग्रो प्रजातिको एक झुण्डमा (चारदेखि आठ करोड सङ्ख्यामा) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने कीरा हो। यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाइदिन्छ।
प्रत्येक कीराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पुर्याउँछ । यो कीरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी नै हुन्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।