आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

काठमाडौंमा कोरोना संक्रमण बढ्यो, रोगनियन्त्रण महाशाखाले व्यापक कदम चाल्दै

काठमाडौंमा कोरोना संक्रमण बढ्यो, रोगनियन्त्रण महाशाखाले व्यापक कदम चाल्दै

  • मिडिया डबली डेक्स
  • मंगलवार, आषाढ १६ २०७७

  • 6.2K
    SHARES

  • काठमाडौंमा कोरोना संक्रमण बढ्यो, रोगनियन्त्रण महाशाखाले व्यापक कदम चाल्दै

    काठमाडौं - मंगलबार काठमाडौंमा १६ कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ४ जना काठमाडौंकै रहेको र अन्य विदेशबाट आएको जनाइएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, पाटन अस्पताल र टिचिङ अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    काठमाडौंकै संक्रमितको विवरण लिने काम भइरहेको जनाइएको छ । त्यस्तै अन्य दुबई, साउदी र एक जना भारतबाट आएका रहेका छन् ।


    अहिले संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरू गरिएको इपिडियोमोलिजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यसअघि उपत्यकामा विदेशबाट आएका गरेर ९१ जना व्यक्तिमा संक्रमण देखिएको थियो।

    उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। काठमाडौंमा कोरोना संक्रमण बढ्दै गएपछि कन्ट्याक्ट ट्रासिंगको काम व्यापक किसिमले हुने र परीक्षणको दायरा बढाउने महाशाखाले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ १६ २०७७०६:०७:०९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend