काठमाडौं - साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण एक वर्षका लागि सरेको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले कोरोना भाइरस (कोभिड १९)का कारण साफ च्याम्पियनसिप एक वर्षपछि सार्ने निर्णय गरेको हो ।
बैठकमा साफका सदस्य सात राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानका फुटबल संघका महासचिवसँग छलफल गरिएको थियो । जुम मार्फत गरेको छलफलपछि च्याम्पियनसिप सार्ने निर्णय भएको हो ।
यसै बैठकले साफ यू-१५ च्याम्पियनसिप, साफ यू-१५ साफ महिला च्याम्पियनशिप र साफ यू-१८ महिला च्याम्पियनसिप पनि स्थागित गरिएको छ ।
१३ औं संस्करणको साफ च्याम्पियनसिप सेप्टेम्बरमा बंगलादेशमा हुने तय भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।