संसारमा विभिन्न किसिमका घटनाहरु सार्वजनिक भइरहन्छन् । तीमध्ये कुनै घटनाहरु भने पत्याउनै गाह्रो पर्ने किसिमका हुन्छन् । यस्तै किसिमकाे एक समाचार फेरि सार्वजनिक भएकाे छ ।
एक महिला आफ्नो विवाह भएको ९ वर्षपछि पुरुष हुन पुगेकी छन् । ३२ वर्षसम्म सामान्य महिला भएर बाँचीरहेकी ती महिलालाई एक्कासी पुरुष रहेकी र उनलाई टेस्टिक्यूलरको क्यान्सर भएको थाहा भएकाे हो ।
भारतको पश्चिम बंगालमा बीरभूममा यस्तो घटना घटेको हो । शारिरिक रुपमा महिला नै देखिने ती महिला आनुवंशिक रुपमा भने पुरुष भएको डाक्टरहरुले नै पुष्टि गरेका हुन् ।
खासमा यी महिला एन्ड्रोजन इन्सेन्सिटिभिटी सिन्ड्रोम नामक रोगको शिकार रहेकी थिइन् । यो रोग लागेका व्यक्तिको शरीर महिलाको हुन्छ तर क्रोमोसोम पुरुषको हुन्छ ।
अत्यधिक पेटदुख्ने समस्या भएपछि ती महिला नेताजी सुभाष चन्द्र बोस क्यान्सर अस्पतालमा भर्ना हुन गएकी थिइन् । त्यसपछि त्यहाँ उनको उनको परीक्षण गरिएको थियो । त्यस क्रममा उनको पाठेघर (गर्भाशय) र ओभरी नभएको थाहा भयो र पेटमा एउटा ट्युमरजस्तो देखियो । उनको बायोप्सी निकाल्दा उनमा पुरुषमा हुने टेस्टिक्यूलर क्यान्सर रहेको अस्पतालका डाक्टरले बताएका छन् ।
डाक्टरहरुले यो विषयमा थप अनुसन्धान गर्दा ती महिलालाई मात्रै नभइ उनकी एक काकी र २८ वर्षकी बहिनीमा पनि यहि सिन्ड्रोम देखिएको छ । यो रोग एक किसिमको जेनेटिक डिसअर्डर हो जसले बच्चाको यौनाङ्ग र प्रजनन अङ्गलाई प्रभावित पार्छ । समयमै यसबारे थाहा भयो भने क्यान्सरबाट भने जोगाउन सकिने डाक्टहरु बताउँछन् । एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।