फ्रान्सका पूर्व प्रधानमन्त्री फ्राँस्वाँ फिलोन र उनकी पत्नी पेनेलोप भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सार्वजनिक कोष दुरूपयोग मुद्दामा सोमबार उनीहरुलाई पेरिस अदालतले दोषी ठहर गरेको हो ।
पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली जागिर सिर्जना गरी त्यसबापत रकम लिएको भनी मुद्दा परेको थियो । सोही मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो ।
फिलोनकी पत्नी पेनेलोपले सार्वजनिक कोषको १० लाख यूरोभन्दा बढी रकम दुरूपयोग गरेको अभियोगसहित पेरिसको एक अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा रहेको थियो ।
यसै प्रकरणका कारण सन् २०१७ को राष्ट्रपतीय निर्वाचनमा अन्य प्रतिद्वन्द्वीभन्दा निकै अब्बल उम्मेदवारी रहेको मानिएका अर्थात् निर्वाचनमा विजयको बलियो सम्भावना बोकेका फिलोनले चुनावी अभियानबाट पछि हटेका थिए ।
अदालतले पूर्व प्रधानमन्त्री फिलोनलाई पाँच र पेनिलपलाई तीन वर्ष जेल सजाय तोकेको छ । त्यस्तै दुवै जनालाई तीन लाख ७५ हजार यूरो जरिवाना समेत तोकेको छ । साथै गैर–कानूनीरूपमा लिएको उक्त दश लाख यूरो राष्ट्रिय सभालाई फिर्ता गर्न निर्देशन पनि अदालतले गरेको छ । एजेन्सी ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।