आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

लुकाकु र मार्टिनेजको गोलमा इन्टरको जित

लुकाकु र मार्टिनेजको गोलमा इन्टरको जित

  • मिडिया डबली
  • सोमवार, आषाढ ८ २०७७

  • 8.6K
    SHARES

  • लुकाकु र मार्टिनेजको गोलमा इन्टरको जित

    काठमाडौं–इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले साम्पडोरियनालाई पराजित गरेको छ । घरेलु मैदानमा इन्टर मिलानले साम्पडोरियामासथ २–१ को जित निकालेको हो ।

    घरेलु मैदानमा आइतबार राति भएको खेलमा इन्टरको जितमा रोमेलु लुकाकु र लोउटारो मार्टिनेजले गोल गरे । साम्पडोरियाका मोर्टेन थोर्सवीले सान्त्वना गोल फर्काए ।

    घरेलु मैदानमा इन्टरले खेलको १०औं मिनेटमा रोमेलु लुकाकुको गोलबाट खेलमा अग्रता बनाएका थियो । क्रिस्टियन इरिक्सनको पासमा लुकाकुले उत्कृष्ट फिनिस गरेका थिए ।

    ३३औं मिनेटमा इन्टरले अग्रता दोब्बर बनायो । एन्टेनियो क्यानड्रिभाको पासमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

    ५२औं मिनेटमा भ्रमणकारी टोलीका मोर्टेनले गोल गर्दै साम्पडोरियालाई खेलमा फर्काउने संकेत दिएएका थिए । त्यसपछि दुवै टोलीले गोलको अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा इन्टर २–१ ले विजयी हुन सफल भयो ।

    जितसँगै तेस्रो स्थानमा रहेको इन्टरको २६ खेलबाट ५७ अंक पुगेको छ । पराजित साम्पडोरिया २६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

     

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ ८ २०७७०९:४२:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend