आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

चेल्सीको पुनरागमन जित

चेल्सीको पुनरागमन जित

  • मिडिया डबली
  • सोमवार, आषाढ ८ २०७७

  • 7.1K
    SHARES

  • चेल्सीको पुनरागमन जित

    काठमाडौं– चेल्सीले इंग्लिस प्रिमियर लिगमा पूनरागमन जित निकालेको छ । चेल्सीले घरेलु टोली एस्टन भिल्लामाथि २–१ को पूनरागमन जित निकाल्दै शीर्ष चारलाई थप पकड बनाएको हो ।

    भिल्ला पार्क बर्मिङघममा आइतबार राति भएको खेलमा चेल्सीको पूनरागमन जितमा क्रिस्टियन पुलिसिस र ओलिभर जिरुडले गोल गरे । भिल्लाका कोर्टने हायुसले गरेको गोल सान्त्वाना बन्यो ।

    खेलको शुरुवात देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि चेल्सीले गोल खान पुगेको थियो । ४३औं मिनेटमा कोर्टनेले गोल गर्दै पहिलो हाफमा घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । फ्रिकिकमा डगलस लुइजको चलाखीपुर्ण चिप क्रसलाई कोर्टनेले सहजै गोल गरेका थिए ।

    पहिलो हाफमा १–० ले पछि परेको चेल्सीले दोस्रो हाफको शुरुवातदेखि नै घरेलु टोलीमासथ दवाव सिर्जना गरेपनि पोस्टमा गतिलो आक्रमण बुन्न सकेन । ६०औं मिनेटमा चेल्सीले खेललाई १–१ गोलको बराबरीमा ल्यायो। कप्तान सिजर एप्लिक्वेटाको पासमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए ।

    त्यसको दुई मिनेटपछि कप्तान सिजरकै पासमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले २–१ को जित निकाल्दै महत्वुर्ण ३ अंक बटुल्न सफल भयो ।

     

    जितसँगै चौथो स्थानमा रहेको चेल्सीले तेस्रो स्थानको लेस्टर सिटीसँगको अंक दुरी छोट्याउदै पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडलाई ५ अंकले पछि पार्दै अर्को सिजनको च्याम्पियन्स लिगलाई छनोट हुने सम्भावना बलियो बनाएको छ । चेल्सीको ३० खेलबाट ५१ तथा युनाइटेडको ४६ अंक रहेको छ । लेस्टरको ५४ अंक छ । पराजित भिल्लालाई रेलिगेसन दवाव बढेको छ । भिल्ला २६ अंक जोडेर १९औं स्थानमा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ ८ २०७७०९:३८:५७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend