शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

राष्ट्रघाती काम गर्ने सरिता गिरीमाथि कारवाही गर्नेमा सबै एकमत, अगाडि बढ्यो प्रक्रिया

राष्ट्रघाती काम गर्ने सरिता गिरीमाथि कारवाही गर्नेमा सबै एकमत, अगाडि बढ्यो प्रक्रिया

  • मिडिया डबली
  • बिहिवार, जेठ २९ २०७७

  • 9.1K
    SHARES

  • राष्ट्रघाती काम गर्ने सरिता गिरीमाथि कारवाही गर्नेमा सबै एकमत, अगाडि बढ्यो प्रक्रिया

    काठमाडौं – भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सरकारी हालै जारी गरेको नक्सा सार्वजनिक गरेकोमा लगातार विवादित अभिव्यक्ति दिइरहेकी सांसद सरिता गिरीमाथि कारवाही हुने भएको छ ।

    नक्साको विरोधमा सांसद गिरीले बुधबार संसदमा संशोधन प्रस्ताव दर्ता गराएपछि पार्टीले उनीमाथि कारवाही गर्ने मनस्थिति बनाएको हो ।

    बुधबार दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिए सांसद गिरीमाथि कारबाही गरिने तत्कालीन समाजवादी पार्टीले स्पष्ट पारेको छ । तर गिरीले आफू आफ्नो अडानमा कायमै रहेको बताउँदै जिद्दी गरेकी छन् । नयाँ नक्सासँगै नक्सा संशोधन खारेजको माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएकी सांसद गिरीलाई पार्टीले कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

    पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले भने, ‘जनता समाजवादी पार्टी देशको गम्भीर र जिम्मेवार पार्टी हो । यसका नेता–कार्यकर्ता कसैले पनि देशको भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पुर्‍याउने कार्य गर्नुहुँदैन र गर्न सक्दैनन् । जो–कसैले गरे पनि त्यस्ता कार्य दण्डनीय हुन्छन् । कसैलाई कुनै भ्रम नहोस् ।’

    सांसद गिरी तत्कालीन संघीय समाजवादी पार्टीबाट समानुपातिक कोटामा प्रतिनिधिसभामा सांसद बनेकी हुन् । पार्टीले चाहेको अवस्थामा उनलाई सांसद् पदबाट फिर्ता बोलाउन सक्ने प्रावधान रहेको छ । नक्सासम्बन्धी संशोधन सरकारले ल्याएसँगै गिरीले संसदमा अनावश्यक रुपमा पार्टीलाई बदनाम गराएको भन्दै कारबाही गर्ने जनाइएको छ ।

    बुधवार समाजवादी संसदीय दलको प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति निकालेर गिरीलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छन् । तत्कालीन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समेत गिरीले आफूसँग कुनै सल्लाह नगरेकाले संशोधन फिर्ता लिनुपर्ने बताए ।

    नक्सा प्रकरणमा सुरूमै गिरीले विरोध जनाएपछि एकीकरण गरेको समाजवादी र राजपा आफूहरु नक्सा सहितको संशोधनको पक्षमा रहेको कुरा संसदमा बताएका थिए । समाजवादी र राजपा नेताहरुका अनुसार गिरीले संसदमा बोलेको कुराहरु उनको नितान्त व्यक्तिगत भएको भन्दै पार्टीभित्र उनलाई कारबाही गर्ने मत समेत बलियो भएर आएको छ । अध्यक्ष यादवले पार्टी एकीकरण भइसकेकाले सबै शीर्ष नेताहरुको बीचमा यसबारे सल्लाह र छलफल गरेर निष्कर्षसम्म पुगिने बताएका छन् ।

    पार्टीका नेता नवराज सुवेदीले सरिता गिरीसामु २ मात्र विकल्प रहेको बताएका छन् । ‘संशोधन प्रस्ताव फिर्ता गरी नेपालको पूर्ण नक्सा सहितको निशान छाप संशोधन पक्षमा दृढतापूर्वक उभिने वा कारबाही भोग्न (पार्टी छाड्न) तयार हुने हो,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २९ २०७७०६:०८:४२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend