काठमाडौं – विश्वभर छरिएर बसेका कराँतेका पूर्व अन्तर्राष्ट्रिय कराँते खेलाडीले ग्लोबल नेप्लिज अर्गनाइजेसन संस्था गठन गरेका छन् ।
संस्थाको नाम ग्लोबल नेप्लिज कराँते अर्गनाइजेसन राखिएको छ ।
संस्थाको अध्यक्षमा आठौं साफ स्वर्ण पदक विजेता सुरेन्द्रलाल श्रेष्ठ रहेका छन् । उपाध्यक्षमा जनक राई, रामेश्वर श्रेष्ठ, आरके श्रेष्ठ पहरी रहेका छन् ।
महासचिवमा सरोज भट्टराई, सचिवमा मुकेश बरुवाल, कोषाध्यक्षमा सुनिता महर्जन श्रेष्ठ (सुष्मा) रहेका छन् । सदस्यहरूमा मकेन्द्रबहादुर सिंह, साजन मास्के, कृष्ण गुरुङ, लोकमान सिंह, राजेश श्रेष्ठ, प्रशान्त कर्मा, फुर्बा तामाङ र कृष्ण केसी रहेका छन् ।
प्रमुख सल्लाहकारमा सितोरियो कराँतेका जन्मदाता थानेश्वर राई रहेका छन् । सल्लाहकारमा हेम पुन, आनन्द लामा, रुपेश डंगोल सुरेश वैद्य, सुधिर नेवा लता लिम्बू र शैलेश प्रधान रहेका छन् ।
संस्थाको संस्थापक पूर्व अन्तर्राष्ट्रिय खेलाडी राजपाल कर्माचार्य रहेका छन् ।
अध्यक्ष श्रेष्ठ एक समय कराँतेका सुपर स्टार खेलाडी मानिन्थे । श्रेष्ठले सन् १९९९ नेपालमा भएको आठौं खेलमा उत्कृष्ट प्रदर्शन गरी स्वर्ण हासिल गरेका थिए । उनले २००२ मा जापानमा भएको विश्व कराँते च्याम्पियनशीपमा काँस्य पदक हासिल गरेका थिए । १९९१ मा नेपालमा भएको शिखर एसियन कराँते च्याम्पियनशीपमा स्वर्ण पदक हासिल गरेका थिए भने अन्य विदेशी मुलुकमा पनि थुप्रै मेडल प्राप्त गरिसकेका छन् ।
श्रेष्ठले नेपालमा भएको राष्ट्रिय कराँते प्रतियोगितामा सयौं स्वर्ण पदक हासिल गरिसकेका छन् । श्रेष्ठले तत्कालीन राजा स्व. वीरेन्द्र वीर विक्रम शाहदेवको बाहुलीबाट गोर्खा दक्षिण बाहु पाइसकेका छन् । श्रेष्ठ हाल क्यानडामा २ वटा कराँते डोजो सञ्चालन गर्दै आएका छन् ।
कोषाध्यक्ष सुनिता महर्जन श्रेष्ठ (सुष्मा) पनि कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुन् । सुनिताले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ३ दर्जनभन्दा बढी स्वर्ण पदक हासिल गरिसकेकी छन् । सुनिता हाल जापानमा प्रशिक्षण दिइरहेकी छन् ।
संस्थाले विशेषगरी नेपालमा रहेका उत्कृष्ट खेलाडी तर आर्थिक अवस्था कमजोर भएका कारण विदेशमा खेल्न जान नसक्ने र नेपालमा डोजो सञ्चालन गर्दै आइरहेका आर्थिक अवस्था कमजोर भएका कराँते प्रशिक्षकको जीवनस्तरको निमित्त काम गर्ने योजना बनाएको छ । संस्थाले विदेशमा रहेका कराँते प्रशिक्षकसँग लेबि उठाउने कोषाध्यक्ष सुनिताले बताइन् । अहिले विदेशमा कराँते प्रशिक्षकहरू २०० भन्दा बढी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।