शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कोरोनाले मृत्यु भएका शिक्षकको गाउँमा फेरि कोरोना, एकैदिन ७५ जनामा संक्रमण पुष्टि

कोरोनाले मृत्यु भएका शिक्षकको गाउँमा फेरि कोरोना, एकैदिन ७५ जनामा संक्रमण पुष्टि

  • मिडिया डबली
  • शनिवार, जेठ १० २०७७

  • 17.9K
    SHARES

  • कोरोनाले मृत्यु भएका शिक्षकको गाउँमा फेरि कोरोना, एकैदिन ७५ जनामा संक्रमण पुष्टि

    काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमण महामारीको रुपमा फैलिँदै गएको देखिएको छ ।

    शनिवार एकैदिन ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार अपराह्नसम्म ६८ जनामा देखिएको बताइसक्दा साँझ थप ७ जनामा कोरोना देखिएको छ ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा कोरोना देखिएको स्रोतले जनाएको छ ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले शनिवार साँझ रुपन्देहीको गैडहवाका ३, कपिलवस्तुका ३ र गुल्मीको मदाने गाउँपालिकाका १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

    गुल्मीको मदाने गाउँपालिकाका शिक्षकमा कोरोना संक्रमण देखिएको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सोही क्षेत्रमा स्वाब संकलन गरेर परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको स्रोतले जनाएको छ ।

    नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भइसकेको छ । नेपालका पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०३:३०:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend