बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चीनबाट टुक्रेर छुट्टै देश बन्ने संकेत ! नरेन्द्र मोदीको नीतिले ठूलो धक्का

चीनबाट टुक्रेर छुट्टै देश बन्ने संकेत ! नरेन्द्र मोदीको नीतिले ठूलो धक्का

  • मिडिया डबली
  • शुक्रवार, जेठ ९ २०७७

  • 299.7K
    SHARES

  • चीनबाट टुक्रेर छुट्टै देश बन्ने संकेत ! नरेन्द्र मोदीको नीतिले ठूलो धक्का

    काठमाडौं – भारतले ताइवानलाई बेइजिङको ‘एक चीन नीति’को हिस्सा मान्दै आएको थियो । ताइवानसँग छुट्टै सम्बन्ध नराख्ने र चीनमार्फत जाने भारतीय नीति थियो ।

    तर बुधबार देखिएको एक दृश्यले चीनलाई झड्का लागेको छ । ताइवानमा साई इङ वेनले बुधवार दोस्रो पटक राष्ट्रपति पदको शपथ ग्रहण गर्दा भारतीय जनता पार्टी (भाजपा) का दुई सांसदहरूको बधाई सन्देश समेत प्रस्तुत भयो । दुवै भाजपा सांसदहरू बधाई दिने ४१ देशका प्रतिनिधिमध्ये गर्छन् ।

    भारतले औपचारिक रुपमा ताइवानसँग कुनै कूटनीतिक सम्बन्ध स्थापना गरेको छैन । तर अब भारतको नीतिमा परिवर्तनका संकेतहरू देखिएका छन् । चीनले ताइवानलाई ‘एक देश दुई प्रणाली’को हिस्सा मान्छ भने ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र ठानेको छ ।

    भाजपा सांसद मीनाक्षी लेखी र राहुल कासवानले बधाई सन्देशमा ताइवानको लोकतान्त्रिक प्रकृतिको प्रशंसा गरेका छन् । आफ्नो साझा सन्देशमा भाजपा सांसदहरूले भनेका छन्, ‘भारत र ताइवान दुई प्रजातान्त्रिक देशहरू हुन् र हाम्रो सम्बन्ध स्वतन्त्रता, प्रजातन्त्र र मानवअधिकार जस्ता समान मान्यताहरूसँग सम्बन्धित छन् । पछिल्ला केही वर्षहरूमा भारत र ताइवानले व्यापार, लगानी र जनताबाट जनताको अन्तर्क्रियामार्फत द्विपक्षीय सम्बन्धलाई मजबुत बनाएको छ ।’ यसरी भारतले ताइवानसँग छुट्टै सम्बन्ध स्थापित गरेर स्वतन्त्र राष्ट्रको मान्यता दिन थालेपछि चीनलाई धक्का लागेको छ ।

    ताइवानसँग घनिष्ट सम्बन्ध बनाउँदा चीनसँगको सम्बन्ध बिग्रिन सक्नेमा भारत चिन्तित देखिने गरेको थियो । तर अब समय बदलिएको छ । सन् १९४९ मा चिनियाँ गृहयुद्धको अन्त्य भएदेखि नै ताइवान पूर्ण रूपमा स्वशासनमा रहेको छ । ताइवानले आफूलाई चीनबाट स्वतन्त्र ठानेको छ भने चीनले यसलाई एउटा प्रान्तको रुपमा लिई एक ‘एक देश, दुई प्रणाली’ अन्तर्गत मर्ज गर्न खोजिरहेको छ ।

    चीनले सैन्य शक्तिमार्फत ताइवानलाई आफूमा विलय गराउन सकिने सपना देख्ने गरेको छ । यति मात्र होइन, चीनले अन्तर्राष्ट्रिय संस्थाहरूमा ताइवानको सहभागितामा बाधा पनि खडा गर्दछ । हालै विश्व स्वास्थ्य संगठनमा ताइवानलाई पर्यवेक्षकको दर्जा दिने माग उठ्दा चीनले विरोध गरेको थियो । ताइवानलाई छुट्टै देश जस्तो व्यवहार गर्न नमिल्ने चीनको अडान छ ।

    ताइवानको सेन्ट्रल न्यूज एजेन्सी (सीएनए) का अनुसार यस वर्ष कोरोना भाइरस महामारीको कारण शपथ कार्यक्रममा विदेशी पाहुनालाई आमन्त्रित गरिएको थिएन । त्यसैले भिडियो रेकर्डिङमार्फत बधाई सन्देश प्रवाह गरिएको थियो ।

    साई इङ वेनले ताइवान ‘एक चीन’को हिस्सा नभएको दोहोर्‍याउँदै आएका छन् । उनले भने, ‘हामी एक देश, दुई प्रणालीको नाममा चीनको अधीनता स्वीकार गर्दैनौं ।

    शपथ ग्रहण गरेपछि साईले भने, ‘हामीले कब्जा र आक्रमणको दबाबको सफलतापूर्वक प्रतिरोध गरेका छौं । हामी तानाशाहीबाट लोकतन्त्रमा सरेका छौं । एउटा समय थियो, जब हामी सम्पूर्ण विश्वमा टाढा थियौं तर सबै चुनौतीको बाबजुद पनि हामीले प्रजातन्त्र र स्वतन्त्रताको मूल्य राख्यौं ।’ साईको कथनपछि चीनले तुरुन्त प्रतिक्रिया जनाउँदै ताइवानको स्वतन्त्रताको लागि कुनै ठाउँ नछाड्ने जनाएको छ ।

    अमेरिकी विदेश सचिवले समेत ताइवानको प्रजातान्त्रिक मूल्यमान्यताको सराहना गरेका थिए । त्यसपछि चीनले अमेरिकालाई यसको परिणाम भोग्नुपर्ने धम्की दिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ९ २०७७०२:५२:५०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend