काठमाडौं – नेपाली भूमि लिपुलेकमा सडक बनाएर आलोचना खेपिरहेको भारत सरकारले चिनियाँ जनसेनाको तनाव खेप्नुपरेको छ ।
भारत–चीन बीचको सीमामा विवाद बढ्दै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लद्दाखको गाल्भान उपत्यका र फिंगर क्षेत्रको सीमा विवादपछि चिनियाँ जनसेनाले विश्व प्रसिद्ध पैंगोङ त्सो ताल क्षेत्रमा गस्ती बढाएका छन् । चिनियाँ सेनाले तालमा डुङ्गा र जनसेना बढाएको छ ।
पहिले चीनको जनमुक्ति सेनाका ३ डुङ्गा मात्रै तालमा थिए, अब बढाएर ९ डुङ्गा सक्रिय बनाइएको छ । तालमा बढाइएको सक्रियता हालै फिंगर क्षेत्रमा दुवै देशका सैनिकबीचको झगडासँग जोडिएको देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सीमा क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाले सक्रियता बढाएपछि नयाँदिल्लीस्थित केन्द्र सरकारलाई तनाव भएको सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि समेत भारत–चीनबीच पटक–पटक सीमा विवाद बल्झिने गरेको छ । आफैं सीमा विवादको चपेटामा परेको भारतले नेपालमा पटक–पटक सीमा अतिक्रमण गर्ने गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।