बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ट्रम्पको धम्कीपछि डब्ल्यूएचओमा हलचल, एकाएक भयो यस्तो निर्णय

ट्रम्पको धम्कीपछि डब्ल्यूएचओमा हलचल, एकाएक भयो यस्तो निर्णय

  • मिडिया डबली
  • बुधवार, जेठ ७ २०७७

  • 6.1K
    SHARES

  • ट्रम्पको धम्कीपछि डब्ल्यूएचओमा हलचल, एकाएक भयो यस्तो निर्णय

    काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार धम्की दिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का हलचल उत्पन्न भएको छ ।

    संगठनका सदस्य राष्ट्रहरूले संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोभिड–१९ बारे लिएको नीतिबारे स्वतन्त्र छानबिनका लागि एकाएक सहमति जनाएका छन् ।

    अमेरिकाद्वारा राष्ट्रसंघीय निकाय डब्ल्यूएचओले महामारीविरूद्ध अख्तियार गरेको बाटोप्रति अमेरिकाले निरन्तर आलोचना गर्दै आएपछि यसका लागि स्वतन्त्र छानबिन गर्ने सहमति सदस्य राष्ट्रहरूबीच भएको छ ।

    डब्ल्यूएचओको वार्षिक सम्मेलनमा भाग लिने देशहरूले पहिलो पटक पूर्णरुपमा भेला भई कोरोना भाइरस संक्रमणबाट सिर्जित संकटबारे अन्तर्राष्ट्रिय प्रतिक्रियाको ‘निष्पक्ष, स्वतन्त्र र बृहत् मूल्यांकन’को आह्वानमा सहमति गर्दै एक प्रस्ताव पारित भएको छ । जसमा डब्ल्यूएचओले कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रणका लागि गरेका कामको छानबिन गर्ने रहेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसलाई संगठनमा महत्त्वपूर्ण परिवर्तन गर्न ३० दिनको अल्टिमेटमसहित पत्र पठाएको सार्वजनिक भएको केही घण्टापछि छानबिनको निर्णय आएको छ ।

    ट्रम्पले ३० दिनभित्र महत्त्वपूर्ण परिवर्तन नगरेमा अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिएका छन् ।

    कोरोना भाइरसको महामारी नियन्त्रणमा पर्याप्त काम गर्न नसकेको तथा चीनको पक्ष लिएको आरोप लगाउँदै ट्रम्पले डब्ल्यूएचओलाई दिँदै आएको सहयोग अस्थायी रुपमा रोकेका छन् ।

    पत्रमा ट्रम्पले महामारी नियन्त्रणका लागि अत्यावश्यक काम नगरेको भन्दै डब्ल्यूएचओको आलोचना गरेको बताइएको छ ।

    गत वर्षको डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिएकै बेला डब्ल्यूएचओले सही र वास्तविक सूचना दिन नसकेको आरोप ट्रम्पले लगाउँदै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ७ २०७७०२:१८:४०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend