काठमाडौं – नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको फाइनल राउन्डको टप ५ भित्र प्रवेश गरेका छन् ।
फाइनल राउन्डको टप ५ प्रतिस्पर्धीको घोषणासँगै उपाधिका लागि भोटिङ खुला गरिएको छ ।
नेपाली युवा दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्दैछन् । फाइनल राउन्डमा प्रत्येक प्रतियोगीले २–२ वटा प्रस्तुति दिने भएका छन् ।
प्रस्तुतीसँगै १ घण्टासम्म भोटिङ खुला राखिने भएको छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुनेछ ।
कोरोना भाइरस संक्रमणको महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिने भएका छन् ।
दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिनले टप ५ मा प्रतिस्पर्धा गरिरहेका छन् । २२ वर्षीय दिवेशलाई उपाधिको दाबेदारका रुपमा हेरिँदै आएको छ ।
काठमाडौंको रविभवनमा जन्मेका दिवेश उच्च शिक्षा अध्ययनका सिलसिलामा सन् २०१४ मा अमेरिका गएका हुन् । उनी क्याम्सस राज्यको विचिटामा आफ्नो परिवारसँग बस्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।