काठमाडौं – कम्युनिस्ट सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव मुटु अस्पताल भर्ना भएका छन् ।
मुटुमा समस्या देखिएपछि यादव काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका छन् ।
केही दिनदेखि बुवाको छाती दुखिरहेको र आईतबार नियमित चेकजाँचका लागि अस्पताल लगिएकोमा चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको मन्त्री यादवका छोरा मनिष यादवले बताएका छन् ।
मन्त्री यादवमाथि कुनै प्रकारको स्वास्थ्य खतरा नरहेको उनका छोरा यादवले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।