आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

पूर्वराजा ज्ञानेन्द्र शाहको ‘पास’ खारेज, काठमाडौं फर्किने योजना अधुरै !

पूर्वराजा ज्ञानेन्द्र शाहको ‘पास’ खारेज, काठमाडौं फर्किने योजना अधुरै !

  • मिडिया डबली
  • बिहिवार, जेठ १ २०७७

  • 10.0K
    SHARES

  • पूर्वराजा ज्ञानेन्द्र शाहको ‘पास’ खारेज, काठमाडौं फर्किने योजना अधुरै !

    काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामका लागि गृह मन्त्रालयले लिएको पछिल्लो निर्णयका कारण पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको पास खारेज भएको छ ।

    काठमाडौं फर्किनका लागि जिल्ला प्रशासन कार्यालय झापाले बिहीवार जारी गरेको सवारी पास गृह मन्त्रालयको निर्णयपछि केही घण्टामै खारेज भएको छ ।

    झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले शाहको सवारी पास खारेज गरिएको पुष्टि गरेका छन् । पूर्वराजा शाहका प्रतिनिधि सवारी पास लिनका लागि बिहीवार जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रशासनले तत्कालै सवारी पास जारी गरेपनि मन्त्रालयको निर्णयले शाहको पास खारेज भएको हो ।

    गृह मन्त्रालयको आदेशमा जिल्ला प्रशासन कार्यालय झापाले पूर्वराजारानीको सवारी पास खारेज गरेको छ । ‘हामीले सुरूमा सवारी पास जारी गरायौं । पछि गृह मन्त्रालयमा बुझ्दा हाम्रो आदेश नहुँदासम्म केही पनि नगर्नु भन्ने कुरा आयो । त्यसैलाई आधार मानेर हामीले तत्काल फोन गरेर सवारी पास खारेज भएको निर्णय सुनायौं,’ झापाका सीडीओ रानामगरले भने ।

    पूर्वराजा र पूर्वरानी भोलि शुक्रवार राजधानी फर्किने कार्यक्रम बनेको थियो । गृह मन्त्रालयले सोमवार निर्णय गर्दै एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका सम्पूर्ण सवारी पास खारेज गर्ने निर्णय गरेको छ । बिहीवार नै गृह मन्त्रालयले एउटै जिल्लाभित्र पनि एक ठाउँबाट अर्को ठाउँ जान जारी गरिएका सबै सवारी पास खारेज गर्ने निर्णय गरेको छ ।

    पूर्वराजा ज्ञानेन्द्र शाह लकडाउन सुरू हुनुअगावै पत्नी कोमलसहित झापा गएका थिए । झापाको हिमालय चिया बगानमा शाह दम्पती बसेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ १ २०७७०१:५२:१९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend