काठमाडौं – नेपाल आयल निगमले कोरोना भाइरस संक्रमण रोकथामका लागि निजी पेट्रोल पम्पहरू हप्तामा १ दिन मात्रै खोल्न दिने निर्णय गरेको छ ।
बुधवार नेपाल आयल निगमले सरकारी तथा सहकारी क्षेत्रबाट सञ्चालित बाहेक अन्य पेट्रोल पम्प हप्तामा १ दिन मात्रै संचालन गर्न पाउने निर्णय गरेको छ ।
निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सावधानीपूर्वक कारोबार गरिने समेत जनाएको छ ।
निगमका अनुसार जिल्लाबाट समन्वय गरी एउटा पेट्रोल पम्प हप्तामा सञ्चालन गर्न मिल्ने गरी बार मिलाइने निर्णय भएको छ । अब हप्तामा ६ दिन निजी पेट्रोल पम्प बन्द गरिने छन् ।
पेट्रोलियम पदार्थसँग सम्बन्धित रहेर काम गर्नेहरू अर्थात् भारतमा नै पुगेर आयात गर्नेमार्फत जोखिम बढ्दै गएकाले कोरोना परिक्षणको लागि सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय समेत गरिएको छ ।
निगममा कार्यरत सम्पूर्ण कर्मचारीको १ लाख रुपैयाँ बराबरको कोरोना बीमा गरिदिने निर्णय पनि निगमले गरेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।