काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढेपछि पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले प्रेस विज्ञप्ति निकालेर मंगलबार राति ८ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म लागू हुने गरी पर्सा जिल्लाभर निषेधाज्ञा लागू गरेको हो ।
पर्सामा औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कोही पनि घर बाहिर निस्कन पाउने छैनन् भने जिल्लाभर सेना परिचालन गरिएको छ ।
कोरोना नियन्त्रणको लागि नागरिकलाई घरभित्रै बस्न आग्रह गरिएपनि नटेरेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथमा स्थानीय प्रशासन ऐन अनुसार सेना परिचालन गर्ने निर्णय समेत भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएका छन् ।
मंगलवार ५७ जनामा पुष्टि भएसँगै पर्सामा मात्रै ८२ जनामा कोरोना पुष्टि भएको तथ्यांक छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।