काठमाडौं – मंगलबार मध्यराति राजधानी काठमाडौं उपत्यका क्षेत्रमा भूकम्पको धक्का महसूस गरिएको छ ।
राति करीब ११ः५३ बजेतिर भूकम्पको धक्का महसूस भएको हो । मध्यराति भूकम्पको धक्का आएपछि सर्वसाधारण त्रसित बनेका थिए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्युडको भूकम्पको गएको छ । भूकम्पको सेन्टर दोलखाको गौरीशंकर गाउँपालिकाको जुँगु आसपास परेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।