काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई सम्बोधन गर्दै दोस्रोपटक आर्थिक प्योकज घोषणा गरेका छन् ।
मंगलवार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आर्थिक प्याकेज घोषणा गरेका छन् ।
आर्थिक प्याकेज भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) को १० प्रतिशत हो । यो आर्थिक प्याकेजबाट श्रमिक, किसान लगायतको आर्थिक स्थिति उकास्न खर्च गरिने भएको छ ।
यससँगै भारतमा लकडाउन पनि लम्बिने भएको छ, मोदीले १७ पछि पनि लकडाउन जारी रहने जनाएका छन् । यद्यपि अबको लकडाउन नयाँ नियमका साथ लागू हुने उनले जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।