आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

आशाको सञ्चारः विश्वभर नै घट्दै कोरोनाबाट हुने मृत्युदर

आशाको सञ्चारः विश्वभर नै घट्दै कोरोनाबाट हुने मृत्युदर

  • मिडिया डबली
  • मंगलवार, बैशाख ३० २०७७

  • 7.9K
    SHARES

  • आशाको सञ्चारः विश्वभर नै घट्दै कोरोनाबाट हुने मृत्युदर

    काठमाडौं–विश्वभर नै कोरोना संक्रमणबाट हुने मृत्युदर घट्दै गएको छ। गएको २४ घण्टामा विश्वभर यसको संक्रमणबाट ३२ सय ७९ को मात्रै मृत्यु भएको छ। संक्रमितको संख्या पनि तुलनात्मक रुपमा घट्न थालेको छ।

    संक्रमणबाट आक्रान्त अमेरिका, बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका देशमा विगत केही दिनदेखि मृत्यु हुनेको संख्या घट्न थालेको वर्ल्डओमिटरले जनाएको छ।

    गएको २४ घण्टामा अमेरिकामा यसको संक्रमणबाट ९ सय ९९ जनाको मात्रै मृत्यु भएको छ। त्यसैगरी ब्राजिलमा ३९६, फ्रान्समा २६३, बेलायतमा २१०, स्पेनमा १२३, इटालीमा २७९, क्यानाडामा १२३, मेक्सिकोमा ११२, रुसमा ९८, जर्मनीमा ९२ जनाको मृत्यु भएको छ।

    सोमबार अमेरिकामा १८ हजार १०७ जना नयाँ संक्रमित थपिएका छन्। त्यसैगरी बेलायतमा ३८ सय ८७, स्पेनमा ३४ सय ८०, रुसमा ११ हजार ६ सय ५६, इटालीमा ७ सय ४४, फ्रान्समा ४५३, जर्मनीमा ६९७, ब्राजिलमा ५६ सय ३२ जना नयाँ संक्रमित थपिएका छन्।

    अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर २ लाख ८७ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। संक्रमितको संख्या ४२ लाख ५१ हजार नाघेको छ।

    सोमबार विश्वभर ७३ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म विश्वरभर १५ लाख २५ हजार भन्दा धेरै संक्रमित उपचारपछि ठिक भएका छन्।

    यसको संक्रमणबाट सबैभन्दा धेरै मृत्यु हुने मुलुक अमेरिका हो। त्यहाँ अहिलेसम्म मृतकको संख्या ८१ हजार ७ सय ८६ पुगेको छ।
    त्यसैगरी हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट ८२ जनाको मृत्यु भएको छ। यो सँगै त्यहाँ मृतकको संख्या २२ सय ९४ पुगेको छ।

    सोमबार एकै दिन त्यहाँ ३६ सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। त्यहाँ संक्रमितको संख्या ७० हजार ७६८ पुगेको छ। भारतमा अहिलेसम्म २२ हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्।

    पाकिस्तानमा गएको २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ६६७ पुगेको छ। संक्रमितको संख्या ३० हजार ९ सय ४१ पुगेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ३० २०७७०४:३८:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend