आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कोरोना संक्रमणले ६० नेपालीको मृत्यु भइसकेको पुष्टि

कोरोना संक्रमणले ६० नेपालीको मृत्यु भइसकेको पुष्टि

  • मिडिया डबली
  • मंगलवार, बैशाख ३० २०७७

  • 6.6K
    SHARES

  • कोरोना संक्रमणले ६० नेपालीको मृत्यु भइसकेको पुष्टि

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बेलायतमा मात्रै ६० जना नेपालीको मृत्यु भएको छ ।

    लण्डनस्थित नेपाली दूतावासले सोमवारसम्म ५० पुरुष र १० महिला गरी ६० जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

    दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार मृतकमध्ये ४९ जना भूतपूर्व गोर्खा सैनिक र परिवारका सदस्य छन् । मृत्यु हुनेमा अधिकांश ७० वर्षभन्दा बढी उमेरका रहेका छन् ।

    हालसम्म कोरोनाबाट २० नेपाली लण्डनमा तथा बाँकी ४० जनाको लण्डन बाहिरका शहरमा मृत्यु भएको दूतावासले जनाएको छ । बेलायतका ननिटन, बेजिङस्टोक, रेडिङ लगायतका क्षेत्रमा बढी नेपालीको मृत्यु भएको छ ।

    बेलायतमा नेपाली मूलका परिवारको सबैभन्दा बाक्लो बस्ती रहेको अल्डरसट क्षेत्रमा भने तुलनात्मक रुपमा निकै थोरैको मृत्यु भएको जनाइएको छ ।

    दूतावासका अनुसार हाल करीब २० जना संक्रमित नेपाली बेलायतका अस्पतालमा उपचार गराइरहेका छन् र अरु ३० संक्रमित घरमै आइसोलेसनमा रहेका छन् । संक्रमित धेरै नेपाली निको भइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ३० २०७७०३:१७:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend