आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कम्युनिस्ट सरकारले ढाँट्यो उखु किसानलाई, आन्दोलन गर्ने तयारी

कम्युनिस्ट सरकारले ढाँट्यो उखु किसानलाई, आन्दोलन गर्ने तयारी

  • मिडिया डबली
  • आइतवार, बैशाख २८ २०७७

  • 9.2K
    SHARES

  • कम्युनिस्ट सरकारले ढाँट्यो उखु किसानलाई, आन्दोलन गर्ने तयारी

    काठमाडौं–लकडाउनका कारण सर्लाहीका उखु किसान थप पीडित बनेका छन्। धनकौल गाउँपालिका–६ मा रहेको अन्नपूर्ण चिनी उद्योगले किसानको उखुको रकम भुक्तानी गर्न पटकपटक सम्झौता गरे पनि हालसम्म एक पैसा भुक्तानी नगरेको भन्दै किसानले गुनासो गरेका छन्।

    उद्योगले विसं २०७० देखि हालसम्म १२ हजार किसानको करिब ४० करोड भुक्तानी गर्न बाँकी राखेको भन्दै किसानले उद्योगलाई चिनी बिक्री वितरणमा रोकसमेत लगाएको उखु उत्पादक किसान मुकेश ठाकुरले बताए।

    उनका अनुसार केही दिन पहिला उद्योगले किसानलाई थाहै नदिई गोप्यरूपमा गोदामबाट चिनी बाहिर लैजान खोज्दा स्थानीय किसानले चिनी लोड भएका चार ट्रक नियन्त्रणमा लिएका थिए।

    त्यसपश्चात उद्योगले एक–दुई किसानलाई केही रकम मात्र दिए पनि पूरै रकम नदिएको साथै सबैको रकम नदिएको भन्दै किसानले उद्योग विरुद्ध आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन्।

    लकडाउनको समयमा किसानको आवतजावत कम भएको मौका छोपी उद्योग प्रशासनले गोप्यरूपमा चिनी लैजान खोज्दा सबै गाउँले किसान मिलेर ट्रकलाई नियन्त्रणमा लिएको स्थानीयवासीले बताएका छन्।

    गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योगले पनि गत वर्षको केही रकम भुक्तानी गर्न बाँकी रहेको स्थानीय किसान ठाकुरले बताए।

    गत फागुन १८ गतेसम्म सञ्चालनमा गरेको महालक्ष्मी चिनी उद्योगले माघ ७ गतेसम्मको रकम मात्र भुक्तानी गरेको ठाकुरले बताए। सरकारले धोका दिएर किसानले पाउनुपर्ने उखुको अनुदानसमेत अहिलेसम्म नपठाएको किसानले बताएका छन्।

    जारी लकडाउनका कारण बाहिर काम गर्न जान नपाएको र आफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य पदार्थको भुक्तानी पनि नपाउँदा किसान मारमा परेका हुन्।

    उद्योगले भुक्तानी समयमा नदिएपछि आफ्नो खेत बेचेर साहुको ऋण चुक्ता गर्न बाध्य भएको अर्का किसान रामशरण यादवले बताए।

    भुक्तानीका लागि जिल्लामा पटकपटक आन्दोलन गरेका उखु किसानहरू न्याय नपाएपछि पुसको कठ्याङ्ग्रिँदो जाडोमा नाङ्गा खुट्टा आन्दोलन गर्न काठमाडौँ पुगेका थिए।

    समयमै उखुको भुक्तानी माग राख्दै जिल्लाका उखु किसान माइतीघर मण्डलामा प्रदर्शन तथा धर्नामा समेत बसेका थिए।

    सरकारले उखु किसान तथा उद्योगीबीच सहमति गराउँदै किसानलाई आन्दोलन स्थगन गरी पठाएको भए पनि अन्नपूर्ण चिनी उद्योगले सम्झौताविपरीत किसानको भुक्तानी समयमा नगर्दा उनीहरु थप मर्कामा परेका हुन्।

    किसानले उद्योगको गोदाममा रहेको चिनी बिक्री वितरण गर्न नदिएका कारण किसानको रकम भुक्तानीमा ढिला भएको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालले बताए।

    ‘आफ्नो गोदाममा चिनी छ, किसानले बेच्न दिदैनन् । अनि कसरी उनीहरुको भुक्तानी गर्न सकिन्,’ अग्रवालले भने।

    किसानले थोरै भए पनि सबै किसानलाई तत्कालै भुक्तानी दिन माग गरेका छन्। यदि उद्योगले यथाशीघ्र थोरै भए पनि उखुको भुक्तानी नदिए आन्दोलन गर्ने तयारीमा रहेको उखु किसानले बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख २८ २०७७०४:३८:४६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend