काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आईतवार र सोमवार राजधानी काठमाडौंका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।
विद्युत् प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्र अन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तार कार्यका लागि स्वीचाटार–स्वयम्भु फिडरबाट वितरण हुने विद्युत् लाइन काटिने भएको छ ।
ती स्थानको विद्युत् लाइन छुटाइ तथा सितापाइला गोल्छा चोकसँगैको स्विच काटी कार्य गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिए ।
सो फिडरअन्तर्गत बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलकत्रा कारखाना, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायतका स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ ।
ती क्षेत्रका ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा माग्दै तोकिएको काम समय अगावै सम्पन्न भएको खण्डमा विद्युत् सेवा उपलब्ध हुने जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।