आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ओलीले गरे संसदीय परम्परा विपरितको कार्य, सतेकको जिम्मेवारी नै खोसिएपछि खैलाबैला

ओलीले गरे संसदीय परम्परा विपरितको कार्य, सतेकको जिम्मेवारी नै खोसिएपछि खैलाबैला

  • मिडिया डबली
  • शनिवार, बैशाख २७ २०७७

  • 152.6K
    SHARES

  • ओलीले गरे संसदीय परम्परा विपरितको कार्य, सतेकको जिम्मेवारी नै खोसिएपछि खैलाबैला

    काठमाडौं–नीति तथा कार्यक्रम र बजेट पेश हुने संसदको यो अधिवेशनपूर्व नै संसदीय परम्पराविपरितका घटना भएका छन् । जसअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शुक्रबार आफ्नो दलका सांसदहरुको नाममा चिठी लेखेका छन्।

    संसदीय अभ्यासमा प्रधानमन्त्री निश्चित राजनीतिक दलमा संसदीय दलको नेता हुनसक्छ, जसरी ओली छन्। तर,त्यो व्यक्ति प्रधानमन्त्री भइसकेपछि साझा हुन्छ । भूमिका,अभिव्यक्ति र कार्यशैली– सबै साझा हुनुपर्छ भन्ने मान्यता राखिन्छ । तर,अधिवेशनपूर्व नै उनले आफ्ना पार्टीका सांसदलाई चिठी पठाए, सहयोगका लागि अपिल गरे।

    संसदमा कुनै पनि राजनीतिक दलले ह्वीप लगाउने भनेको प्रमुख सचेतकमार्फत हो । ह्विप लगाइने जिम्मेवारी भएकैले सचेतकलाई ह्विप भनिएको हो,अब जम्मैको जिम्मा प्रधानमन्त्रीले तानेपछि अरुले गर्ने के ? आफू मातहत भएकै सतर्कता केन्द्रले प्रभावकारी काम देखाउन नसकिरहेको बेला प्रम कार्यालयमा तानिएका राष्ट्रिय अनुसन्धान, सम्पत्ति शुध्दिकरण,राजश्व अनुसन्धान बिभाग प्रधानमन्त्रीको समय नपाएर टुहुरा भएजस्तै नेकपाभित्र चलिरहेको अन्तरविरोधमा प्रमुख सचेतक देव गुरुङ प्रधानमन्त्रीको पक्षमा छैनन्। सचेतक शान्ता चौधरीचाहिँ उनकै पक्षमा छिन् । तर, प्रमुख सचेतक अर्को पक्षमा छन् भन्दैमा प्रधानमन्त्रीले सीधै चिठी लेख्न मिल्ने पनि होइन ।

    अर्कातिर,अधिवेशन बोलाइएलगत्तै गर्नुपर्ने काम पनि होइन यो । यदि गर्नु नै छ भने पनि छलफल भएर मतदान हुने स्थितिमा हो, त्यो पनि प्रमुख सचेतक वा सचेतकमार्फत ।

    त्यसो त अहिलेको संसदीय अभ्यास विगतको भन्दा परिष्कृत छ । उच्च लोकतान्त्रिक अभ्यास हुने भनिएको मुलुक बेलायतमा पनि आजकल ह्वीप लगाउने गरिँदैन । जनआस्था साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०८:४२:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend