आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गरीब मजदुरलाई खाना खुवाउन महर्जनको अभियानलाई नेविसंघको सहयोग

गरीब मजदुरलाई खाना खुवाउन महर्जनको अभियानलाई नेविसंघको सहयोग

  • मिडिया डबली
  • बिहिवार, बैशाख २५ २०७७

  • 7.3K
    SHARES

  • गरीब मजदुरलाई खाना खुवाउन महर्जनको अभियानलाई नेविसंघको सहयोग

    काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष, कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी, लगनखेल डोजोका संस्थापक मीनकृष्ण महर्जनले लगनखेल डोजोमा दैनिक ज्याला मजदुर गरी खाने र महालक्ष्मी मन्दिर बटुक भैरव वरिपरि मागेर जीविका चलाउनेहरूलाई लकडाउन अवधिभर खाना खुवाउने अभियानलाई सहयोग पुर्‍याउन नेपाल विद्यार्थी संघ ललितपुरले सहयोग गरेको छ ।

    नेविसंघले १० बोरा चामल, २ कार्टुन तेल मसला, नून तरकारी लगायत खाद्यान्न सामान उपलब्ध गराएको छ ।

    महर्जनलाई नेविसंघ जिल्ला अध्यक्ष मथुरा शर्मा, उपाध्यक्ष उद्धव दाहाल, सचिव दिपक घिमिरे, सहसचिव रामकृष्ण घिमिरेले सहयोग हस्तान्तरण गरेका थिए । नेविसंघको टोलीले खाद्यान्न वितरण अभियानलाई प्रत्यक्ष रुपमा खाना बनाउने, खाना पस्केर खुवाउने कार्यमा समेत सहयोग गर्दै आइरहेका छन् ।

    महर्जनको टीममा १३ औं साग स्वर्ण पदक विजेता विप्लवलाल श्रेष्ठ, कराँते अन्तर्राष्ट्रिय खेलाडी मुकुन्द्र महर्जन, किक बक्सिङ पूर्व राष्ट्रिय च्याम्पियन विनोद महर्जन, कराँते प्रशिक्षक ध्रुब खनाल लगायतको टोली रहेका छन् । महर्जनले चलाएको अभियानमा अन्य संघसंस्थाबाट पनि सहयोग आइरहेको छ ।

    nsu2.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:४१:३५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend