काठमाडौं – चीनबाट हुने आपूर्तिलाई रोक्नका लागि अमेरिकाले ‘आयात कर’ बढाउने र चीनमा रहेको आफ्ना कम्पनीलाई अन्यत्र सार्ने तयारी थालेको छ ।
चीनलाई कोरोना भाइरस महामारीको कारक बताउँदै ह्वाइट हाउसले कम्पनी सार्ने तयारी थालेको हो ।
अमेरिकाले चीनबाट विश्वव्यापी औद्योगिक आपूर्ति शृंखलाहरू तोड्ने उद्देश्यले पनि सो कदम चाल्न लागेको बुझिएको छ ।
कोरोना महामारी फैलिएयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन विरुद्धको आक्रमणलाई तीब्र बनाएका छन् ।
कोरोना भाइरस महामारीको कारण आर्थिक विनाश भएकाले विश्वको उत्पादन र आपूर्ति शृंखलाबाट चीनलाई बाहिर निकाल्ने उसले प्रण लिएको छ ।
आर्थिक विकास, ऊर्जा र परराष्ट्र विभागका पर्यावरण सचिव किथले ट्रम्प प्रशासनले चीनमा अमेरिकाको आपूर्ति शृंखलाको निर्भरता कम गर्ने काम गरिरहेको बताए ।
अमेरिकी वाणिज्य विभागले अमेरिकी कम्पनीहरूलाई चीनबाट अन्यत्र सार्ने उपायहरू खोज्न थालेको छ भने राष्ट्रपति ट्रम्पले यसअघि नै चिनियाँ सामानहरूमा २५% आयात कर लगाउन सक्ने चेतावनी दिइसकेका छन् ।
अमेरिकी सरकारले हाल भारत, अस्ट्रेलिया, न्यूजिल्यान्ड, जापान, दक्षिण कोरिया र भियतनामसँग विश्वव्यापी अर्थतन्त्रलाई अगाडि बढाउन काम गरिरहेको विदेश मन्त्री माइक पोम्पीओले बताएका छन् । अमेरिकाका धेरै कम्पनीहरूले चिनियाँ निर्माणमा लगानी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।