आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेस नेता महर्जन ३ हप्तादेखि गरीब मजदुरलाई निःशुल्क खाना खुवाउँदै, सर्वत्र प्रशंसा

कांग्रेस नेता महर्जन ३ हप्तादेखि गरीब मजदुरलाई निःशुल्क खाना खुवाउँदै, सर्वत्र प्रशंसा

  • आइतवार, बैशाख २१ २०७७

  • 9.8K
    SHARES

  • काठमाडौं – ललितपुरको लगनखेल डोजोमा मन्दिर अगाडि गरीब र मजदुरका लागि बिहान–बेलुकी खाना खुवाउने गरिएको छ । विगत ३ हप्तादेखि जारी गरीबलाई खाना खुवाउने अभियान राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष, कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी, लगनखेल डोजोका संस्थापक मीनकृष्ण महर्जनले सुरू गरेका हुन् । महर्जनले हप्ताको एकपल्ट मासुभात समेत खुवाउने गरेका छन् । ‘नेता महर्जन दुःखी गरीबहरूलाई निकै माया गर्नुहुन्छ । महर्जनले बाटोमा मागेर हिँड्नेहरूलाई पनि खाना, खाजा खानलाई पैसा दिने गर्नुहुन्छ,’ ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तीर्थबहादुर घलानले भने । महर्जन सानै उमेरदेखि सामाजिक कार्यमा निकै सक्रिय रहँदै आएका छन् । महर्जन नेपाली कांग्रेस युवा नेता तथा खेलकुद विभाग सदस्य सचिव पनि हुन् । कोरोना भाइरस संक्रमणको महामारीबाट बच्न सरकारले गरेको लकडाउनका बेला अलपत्र परेका र खानाबाट वञ्चित भएका व्यक्तिलाई खाना खुवाएर नेता महर्जनले स्थानीय स्तरमा प्रशंसा बटुलेका छन् । महर्जनका चेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी बनेका छन् । तिनै चेलाहरूले देशविदेशबाट साथीभाइ मिलेर रकम पठाउने गरेको महर्जन बताउँछन् । महर्जन ललितपुर जिल्लामा लोकप्रिय नेता मानिन्छन् । लकडाउनमा खाना खुवाउने महर्जनको अभियानमा उनका चेला लगनखेल डोजो प्रमुख प्रशिक्षक किक बक्सिङ पूर्व राष्ट्रिय च्याम्पियन तरुण दल ललितपुर जिल्ला उपाध्यक्ष विनोद महर्जन, अर्का चेला कराँते प्रशिक्षक नेपाली कांग्रेस ललितपुर महानगर समिति सचिव ध्रुब खनाल, बागमती गाउँपालिकाका प्रवक्ता वडा अध्यक्ष एवं नेपाली कांग्रेस बागमती गाउँपालिका सभापति विष्णु तिमल्सिना, कोन्ज्योसोम गाउँपालिका वडा अध्यक्ष तीर्थबहादुर घलान, नेविसंघ ललितपुर अध्यक्ष मथुरा शर्मा, सचिव दिपक घिमिरे, समिर, सुजन चाम्लिङ, सन्जित मेचे लगायतले सहयोग गर्दै आइरहेका छन् । आईतबार ६८ जनालाई खाना खुवाइएको नेता महर्जनले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख २१ २०७७०२:३३:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend