काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
उपाध्यक्ष गौतमले प्रधानमन्त्री बन्न खोजेपनि सचिवालयले सांसदको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभा चुनाव कहिले हुने कुनै निश्चित छैन । चुनाव घोषणा नहुँदै नेकपाले वामदेवलाई उम्मेदवार बनाएर अचम्मको निर्णय गरेको छ ।
यस्तै नेकपाले बैशाख २५ गते स्थायी कमिटी बैठक बोलाएको छ । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मालोचना गरेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।