बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

भारतमा एकैदिन ‘भयानक’ फैलियो कोरोना भाइरस, नेपालसम्मै खतरा !

भारतमा एकैदिन ‘भयानक’ फैलियो कोरोना भाइरस, नेपालसम्मै खतरा !

  • शनिवार, बैशाख २० २०७७

  • 6.5K
    SHARES

  • काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमित एकैदिन भयानक रुपमा फैलिएको छ । केही दिनयता संक्रमितको संख्या बढ्दै गइरहेका बेला पछिल्लो एक दिनमा संक्रमितको संख्या २ हजार ४११ बढेको छ । यो हालसम्म एकैदिन संक्रमण पुष्टि भएको सर्वाधिक हो । भारतमा जम्मा संक्रमितको संख्या ३७ हजार ७७६ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४११ जनामा कोरोना पोजेटिभ देखिएको छ । एकैदिन ७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोनाका कारण १ हजार २२३ जनाले ज्यान गुमाएका छन् । भारतमा १० हजार १७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । कोरोना भाइरसको रोकथामका लागि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले १ महिनाभन्दा बढी समयदेखि लकडाउन गरेपनि संक्रमितको संख्या बढ््दै गइरहेको छ । भारतमा संक्रमण बढ्दा कतिपय नेपाली लुकीछिपी नेपाल आउने र नेपालमा संक्रमण बढ्ने समेत देखिएको छ । भारतबाट लुकीछिपी आएका व्यक्तिमा रुपन्देहीमा कोरोना भाइरस संक्रमण देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा संक्रमण फैलिएको अवस्थामा नेपालमा समेत लकडाउनबारे उचित निर्णय लिइने बताउँदै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २० २०७७०३:२७:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend