आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

केपी ओलीको षड्यन्त्र फेल गर्न प्रचण्ड–नेपालबीच सहमति, यसरी बन्यो गोप्य रणनीति

केपी ओलीको षड्यन्त्र फेल गर्न प्रचण्ड–नेपालबीच सहमति, यसरी बन्यो गोप्य रणनीति

  • शुक्रवार, बैशाख १९ २०७७

  • 5.6K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले बनाएको योजना असफल पार्न ओलीलाई गरिरहेको षड्यन्त्र फेल गर्ने सहमति भएको छ । पार्टी सचिवालयका बहुमत सदस्यले ओलीलाई हटाउने भनेर बनाएको योजनाविरुद्ध ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएको भन्दै नेताद्वय प्रचण्ड–नेपालले ओलीको षड्यन्त्र फेल गर्ने सहमति गरेका छन् । नेकपा वरिष्ठ नेता नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड शुक्रबार कोटेश्वर पुगेका छन् । शनिबार बस्ने सचिवालय बैठकको पूर्व सन्ध्यामा दुवै नेताले ओलीको प्रतिकार गर्न गोप्य रणनीति बनाएको स्रोतले बनाएको छ । बुधबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेता नेपाललाई तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए । तर नेकपाभित्रको अहिलेको प्रश्न ओलीको स्वेच्छाचारिता भएको भन्दै नेपाल समूहका नेताहरुले ओलीले दिएको ललिपपमा नलोभिन दबाब दिएका छन् । पार्टीमा अल्पमतमा परेका ओलीले पार्टी र सरकारमा एकलौटी गर्न खोज्दा नेकपाले बदनामी कमाएको निष्कर्षसहित ओली समूह बाहेकका नेताहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । शुक्रबारको भेटमा दुवै नेताहरुले साझा रणनीति तय गर्ने विषयमा छलफल गरेको नेपाल निकट स्रोतले जनाएको छ । वरिष्ठ नेता झलनाथ खनाल समेत ओलीले राजीनामा दिनुपर्ने मागमा अडिग रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १९ २०७७०२:२९:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend