बुधवार, बैशाख १७ २०७७
काठमाडौं– नेकपाभित्रको कुर्सीको दाउपेच थप पेचिलो बनेको छ। प्रधानमन्त्री केपी ओलीले समेत कुर्सी जोगाउन सक्रियता बढाएका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश हठात ल्याएपछि पाँच वर्षका लागि आफूलाई प्रधानमन्त्रीबाट कसैले निकाल्न नसक्ने दाबी गर्दै आएका ओली अहिले एकाएक रक्षात्मक अवस्थामा पुगेका छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिन सुझाइसकेको छ । यदि ओलीले अटेर गर्दै गएमा भोलि दुवै पद पनि गुम्न सक्ने अवस्था आउन सक्ने नेताहरूले बताउन थालेका छन् ।
प्रधानमन्त्री ओलीले केही दिनयता सक्रियता पनि ह्वात्तै बढाएका छन् । यसबीचमा ओलीले दुईचोटि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिसकेका छन् । साथै, उनले सोमबार राति प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई ओलीले बालुवाटारमा भेट्नुले मुलुकमा ठूलै राजनीतिक खिचडी पाक्दै गरेको आशंका गर्न थालिएको छ ।
सोमबार राति प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीलाई भेट्नु, चिनियाँ राजदूत शीतल निवास पुग्नु र राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग टेलिफोन संवाद गरेको खबर बाहिर ल्याउनुले अहिलेको राजनीतिक गतिरोधसँग जोडेर विश्लेषण गर्न थालिएको छ ।
नेकपा उच्च स्रोतले प्रधानमन्त्रीबाट ओलीलाई विस्थापित गर्ने खेलमा भारतीय स्वार्थ रहेको भन्दै चीनसँग सहयोग माग्न राष्ट्रपति सिसँग टेलिफोन संवाद गरिएको दाबी गरेको छ । प्रधानमन्त्री ओलीलाईं चीनको दह्रो साथ रहेको प्रचार गरिए पनि अहिलेसम्म त्यस्तो संकेत केही देखिएको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।