काठमाडौं – नेपाल राष्ट्रबैंकले देशभरका बैंक तथा वित्तीय संस्थालाई असार मसान्तसम्म बुझाउनुपर्ने चौथो त्रैमासिक किस्तामा ऋणीलाई २ प्रतिशत व्याज कम गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाका लागि निर्देशन जारी गर्दै लकडाउनले प्रभाव पारेका क्षेत्रका ऋणीलाई ब्याज छुट गर्न भनेको छ । ऋणीले चैत मसान्त (तेस्रो त्रैमासिक अवधि)मा बुझाएको किस्तामा जोडिएको ब्याजभन्दा असार मसान्तमा बुझाउने किस्तामा २ प्रतिशत ब्याज कम गर्न भनिएको छ ।
निर्देशन अनुसार ब्याज छुट सबै ऋणीलाई भने हुने छैन । खाद्यान्न प्रशोधन तथा बिक्री वितरण व्यवसाय, ग्यास, साबुन, औषधि, इन्टरनेट तथा दूरसञ्चार, मदिराजन्य उद्योग व्यवस्थामा छुट व्यवस्था लागू नहुने राष्ट्रबैंकले जनाएको छ । बैंकहरूले दिएको सहुलियत ब्याजदर गणना गर्दा आधारदरभन्दा कम गर्न भने बाध्य नहुने उल्लेख छ । २०७७ बैशाख तथा जेठ महिनामा असूल गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताको भुक्तानी असार मसान्तसम्म हुने व्यवस्था मिलाउन राष्ट्रबैंकले बैंकहरूलाई निर्देशन दिएको छ । यस्ता किस्ताको हकमा कुनै थप शुल्क वा हर्जाना लिन नपाइने व्यवस्था गरिएको छ । किस्ता असूल नभएको कारणले कर्जालाई तल्लो वर्गमा वर्गीकरण गर्न समेत पाइने छैन । बैंक तथा वित्तीय संस्थाहरूले लकडाउन अवधिमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण चालू पुँजी प्रकृतिका अल्पकालीन कर्जाको साँवा तथा ब्याजको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने व्यवस्था समेत मिलाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।