काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चर्किंदै गएको विवादबीच अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहको योजना अनुसार सचिवालय बैठक आह्वान गर्न प्रधानमन्त्री केपी शर्मा ओली बाध्य भएका छन् ।
ओलीले सचिवालय बैठक आह्वान गर्नुअघि अध्यक्षद्व प्रचण्डसँग छलफल गरेका थिए । प्रचण्डको नेतृत्वमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम मिलेर ओलीविरुद्ध रणनीति बनाइरहेका छन् ।
पार्टीको छवि बिग्रिने गरी काम गरेको गम्भीर आरोप लगाउँदै ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने रणनीति बनेपछि ओली झस्किएका थिए । सचिवालय बैठक बोलाउन आनाकानी गरिरहेका ओली प्रचण्डसँगको भेटपछि बैठक बोलाउन बाध्य भएका छन् ।
सचिवालय बैठक भोलि बुधबार साँझ ५ बजे बोलाइएको छ । सचिवालय बैठकबाट वार कि पारको निर्णय हुने स्रोतको दाबी छ । सचिवालय बैठकबाट स्थायी कमिटी बैठक बोलाउने निर्णय भएमा ओलीको दिनगन्ती सुरू हुनेछ भने शक्ति सन्तुलनको सहमति भएमा ओलीको कुर्सी जोगिने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।