आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

केपी ओलीको दादागिरीविरुद्ध कांग्रेससहित ३ दल एकजुट, प्रतिकार गर्ने निर्णय

केपी ओलीको दादागिरीविरुद्ध कांग्रेससहित ३ दल एकजुट, प्रतिकार गर्ने निर्णय

  • सोमवार, बैशाख १५ २०७७

  • 5.1K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेससहित ३ वटा विपक्षी दलले लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चिँदै कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको दाबी गरेका छन् । ललितपुरको सानेपास्थित कांग्रेसको पार्टी मुख्यालयमा सोमवार बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले ओली सरकारको दादागिरी, स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृत्तिको विरोध र प्रतिकार गर्ने निर्णय गरेको छ । ‘हामी यो प्रवृत्तिको घोर भत्र्सना गर्दछौं र यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले सांसद डा. सुरेन्द्र यादवको अहपरणमा संलग्न व्यक्तिलाई कारबाही नगरिएको भन्दै आपत्ति समेत जनाएका छन् । ‘सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्ता आपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी कारवाही अगाडि बढाउन माग गर्दछ ।’ समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई जनकपुरबाट सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालले अपहरण शैलीमा उठाएर काठमाडौं ल्याएका थिए । आईतबार सांसद डा. यादवको अपहरण गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिँदा काठमाडौं प्रहरीले उजुरी लिन नमानेपछि प्रहरीको समेत आलोचना भइरहेको छ । विपक्षी दलहरूको बैठकले कोरोना भाइरसको संक्रमणको सन्दर्भमा गरिएको लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गरेको छ । बैठकले भनेको छ, ‘नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्युन गर्न आवश्यक राहत र कुनै ठोस कार्ययोजना सरकारले दिन सकेको छैन । यस अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गर्दछ ।’ संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, शरतसिंह भण्डारी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १५ २०७७०२:५८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend